
काठमाडौं १४ वेशाख -युवा गायक तथा सञ्चारकर्मी सञ्जय चौधरीले नयाँ म्युजिक भिडियो ‘डुबाइ डुबाइ’ सार्वजनिक गरेका छन् ।
गीतमा गायक चौधरीलाई र्यापर मधुरिपीले आवाजमा साथ दिएका छन् । गीतमा शब्द मधुरिपी र संगीत संजय चौधरीको रहेको छ भने म्युजिक भिडियोको निर्देशन फराज अर्पणले निर्देशन गरेका छन् । भिडियोमा संजय र मधुरिपीसँगै मोडेल निशा तामाङले अभिनय गरेकी छन् ।

एक दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक सञ्जयको यसअघि ‘तिमी आयौ ।। र ‘तिमीले यो के गरेको’ जस्ता गीतहरु गाएका छन् ।
इथोस व्याण्डसँग समेत आवद्ध चौधरीले एल्बम बाहेक अन्य धेरै गीत पनि गाएका छन् ।