१३ असार २०८३, शनिबार

स्वस्थ रहन शरीरलाई ४० भन्दा बढी पोषक तत्व आवश्यक, यी हुन्  स्वस्थ रहने टिप्स

बैशाख १४, २०७५
स्वस्थ रहन शरीरलाई ४० भन्दा बढी पोषक तत्व आवश्यक, यी हुन्  स्वस्थ रहने टिप्स

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यसैले भोजनमा विविधता ल्याउन जरुरी हुन्छ ।

कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको अत्यधिक प्रयोग गर्नुपर्छ । चामल, पास्ता, आलु, रोटीलगायतका कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइट चार्टमा समावेश गर्नुपर्छ ।

स्वस्थ रहन शरीरमा बोसो आवश्यक हुन्छ । यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ ।

त्यसैले फ्याटलाई सन्तुलित राख्न चिल्लोयुक्त खानेकुरा कम प्रयोग गर्नुपर्छ । मांसाहारी खानेकुरा सेवन गर्नुहुन्छ भने बोसो हटाउनुपर्छ । उमालेको वा स्टिम गरेको खानेकुराको बढी प्रयोग गर्नु राम्रो हुन्छ ।

फलफूल र तरकारीमा हाम्रो शरीरलाई आवश्यक भिटामिन, खनिज र फाइबर हुन्छ । दैनिक रूपमा हामीले कम्तीमा पाँचपटक खाने प्रयास गर्नुपर्छ । प्रत्येकपटक फलफूल र तरकारीको प्रयोग गर्दा शरीर स्वस्थ रहन्छ ।

खानामा नुन र चिनीको मात्रा पनि घटाउनुपर्छ । नुनको अत्यधिक प्रयोगले ब्लडप्रेसर र मुटुरोगको खतरा बढाउँछ । त्यस्तै, कम सोडियमयुक्त खाद्यसामग्री खरिद गर्नुपर्छ ।

चिनीजन्य पदार्थको अत्यधिक प्रयोग गर्दा पनि स्वास्थ्यमा प्रतिकूल असर गर्छ । त्यसैले अत्यधिक चिनी प्रयोग भएका पेय पदार्थ वा मिठाई सेवन गर्नुको साटो फलफूल खाँदा राम्रो हुन्छ ।

समयमा खाना नखाने, नियमित रूपमा नखाने र जंकफुडमा आश्रित हुनाले विभिन्न समस्या बढ्छन् । स्वस्थ रहन दैनिक रूपमा एउटै समयमा भोजन गर्नुपर्ने हुन्छ । भोजनबाट टाढा रहने वा भोक छल्ने उपाय अवलम्बन गर्नाले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् ।

नास्ताका लागि हामीले दही, ताजा फलफूल र तरकारी, बदाम, गाँजर, पनिरजस्ता स्वस्थकर परिकारको चयन गर्नुपर्छ । खानामा सलादको नियमित प्रयोग गर्नु राम्रो हुन्छ ।

वयस्क व्यक्तिले दैनिक कम्तीमा पनि एक दशमलव पाँच लिटर तरल पदार्थ सेवन गरेको हुनुपर्छ । यसको सबैभन्दा उत्तम स्रोत पानी हो । पानीको मात्रा कम हुँदा शरीरमा विभिन्न रोग देखिन सक्छ । फलफूलको रस, चिया, दूध र अन्य पेयले पनि शरीरमा तरल पदार्थको मात्रा पूरा गर्छन् र तपाईंलाई स्वस्थ रहन सघाउ पु¥याउँछन् ।
-नयाँ पत्रिका 

salt training

कमेन्ट गर्नुहोस्