०३ असार २०८३, बुधबार

कांग्रेस बैठकलाई देउवाले सम्बोधन गर्ने

बैशाख १५, २०७५
कांग्रेस बैठकलाई देउवाले सम्बोधन गर्ने

काठमाडौं, १५ वैशाख– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले आज जवाफ दिने भएका छन् । चुनावी समीक्षाका लागि आह्वान गरिएको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सभापति देउवाले जवाफ दिन लागेका हुन् । 

हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विजय गच्छदारले बोलेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । केन्द्रीय कार्यसमितिले गर्ने निर्णयहरुमा सहमति जुटाउनका लागि बैठक स्थगित गरिएको हो । 

बैठकमा महासमिति बैठकको मिति र स्थान, विधान संशोधन मस्यौदा समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा निर्णय लिने सभापति शेरबहादुर देउवाको तयारी छ । चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा चुनावमा भोगेको पराजयलाई लिएर सभापति देउवा र पौडेल तथा सिटौलापक्षबीच आरोपप्रत्यारोप भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्