
इलाम, १५ वैशाख– इलाममा जारी चौथो माईभ्याल्ली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शनिबार हुँदैछ । फाइनल प्रवेशका लागि विभागीय नेपाल एपीएफ र रुस्लान थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुन लागेको हो ।
इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलको मैदानमा दिउँसो ३ बजेपछि हुने छ । क्वाटर फाइनलमा एपीएफले रमपम झापा ११ लाई हराउँदै सेमिफाइनलयात्रा तय गरेको हो भने थ्रीस्टारले पुलिसको चुनौती पन्छाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
आजको विजेताले उपाधिका लागिद मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मीलाई १–० ले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ ।