१८ असार २०८३, बिहीबार

यस्तो छ वैदेशिक रोजगारमा जानेको तथ्यांक

बैशाख १५, २०७५
यस्तो छ वैदेशिक रोजगारमा जानेको तथ्यांक

काठमाडौँ, १५ वैशाख- दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् । 

त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् । चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन् । त्यस्तै कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्