२० असार २०८३, शनिबार

प्रतिबन्धित कुखुरासहित एक जना प्रहरी नियन्त्रणमा

बैशाख १६, २०७५
प्रतिबन्धित कुखुरासहित एक जना प्रहरी नियन्त्रणमा

लहान, १६ वैशाख- अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । 

स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो । 

बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब निरीक्षक शिवनारायण यादवले जानकारी दिनुभयो । 

पिकअप भ्यानसहित गाडी चालक सिरहाको गोलबजार नगरपालिका–६ निवासी राजेशकुमार लामालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा पठाइने उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्