२२ असार २०८३, सोमबार

प्रदेश नं ४ को नाम होला ‘गोर्खा प्रदेश’ ?

बैशाख १६, २०७५
प्रदेश नं ४ को नाम होला ‘गोर्खा प्रदेश’ ?

नवलपरासी, १६ वैशाख -प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ । 

प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो । 

नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताउनुभयो ।

हस्ताक्षर संकलनलाई आगामी दिनमा प्रदेशका विभिन्न स्थानमा समेत गर्दै जाने अभियन्ता थापामगरले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्