१३ असार २०८३, शनिबार

शाहरुखको नक्कल गर्दै शिल्पाले शेयर गरिन् यस्तो फोटो, बन्यो भाइरल

बैशाख १६, २०७५
शाहरुखको नक्कल गर्दै शिल्पाले शेयर गरिन् यस्तो फोटो, बन्यो भाइरल

बलिउडकी सबैभन्दा फिट अभिनेत्री शिल्पा शेट्टी केही दिनदेखि मालदिप्समा फ्यामेलीसहित विदामा छिन् । शिल्पा शेट्टी आफ्नो यो होलिडे डायरीबाट सामाजिक सञ्जालमा फोटो र भिडियो राखिरहेकी छिन् । 

शिल्पाले इन्टाग्राममा मालदीप्सको समुन्द्र किनाराको एक फोटो पोस्ट गरेकी छिन् । शिल्पाले यस तस्वीरमा शाहरुखको हात फैलाउने वाला हिट स्टाइल दिएकी छिन् । 

मालदिप्स विदा मनाउने निकै आकर्षक गन्तव्य हो । जहाँ बलिउडका हस्तीहरु विदा मनाउने, पारिवारिक छुट्टीमा जाने गरेका छन् । शिल्पाले राखेको अरु फोटोमा उनी माछा मारिहरको देखिएको छ । फिसिङको एक भिडियोसमेत उनले राखेकी छिन् । 

यो माछा मारेर खानका लागि भन्दा पनि रामाइलोका लागि गरिएको हो । माछा समातेपछि शिल्पाले यसलाई छोड्न भनिन् । जब माछा पानीबाट निकालियो तब फडफडाउन लाग्यो त उनी डराइन् । 

पछिल्लो दिन शिल्पा शेट्टी दादा साहेब फाल्के अवार्डमा फ्रजन स्टाइलमा देखिइएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्