
भारत केरलस्थित पाइयनपुरमा बस्ने एमपी राचन्द्रन गत वर्ष निकै चर्चित भए ।
जब उनी रेल स्टेशनमा रल कुर्दै मोबाइल चलाइरहेका थिए । उनको तस्वीर सामाजिक सञ्जालमा हिट भएको थियो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिन्छन् ।
अब रामचन्द्रले एक कन्नड फिल्ममा मोदीको भूमिकामा खेलेका छन् ।
‘स्टेटमेन्ट ८÷११’ नामको यो कन्नड फिल्म नोटबन्दीमा आधारित भएर बनेको छ । यसमा अप्पी प्रसादको निर्देशन रहेको छ । रामचन्द्रले आफ्नो केही ५ सातवटा सीन फिल्ममा भएको बताए । एक महत्वपूर्ण भने नोटबन्दीको घोषणा भएको उनले जानकारी दिए ।
८ नोभेम्बर २०१६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका नोट बन्द गर्ने घोषणा गरेका थिए ।