२९ असार २०८३, सोमबार

९ घण्टा ढिलोगरी कांग्रेस बैठक शुरु, देउवाले जवाफ दिने

बैशाख १६, २०७५
९ घण्टा ढिलोगरी कांग्रेस बैठक शुरु, देउवाले जवाफ दिने

काठमाडौं १६ वैशाख – आइतवार बिहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्र्रीय समितिको बैठक ढिलोगरी शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा साँझ बैठक शुरु भएको हो । शनिवार बिहान ९ बजे बस्नेगरी शुक्रवार अपरान्ह स्थगित भएको बैठक शनिवार बस्दै नबसी आइतवार सम्मका लागि स्थगित भएको थियो ।

बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

चुनावमा पार्टीले व्यहोरेको पराजयबारे समीक्षा गर्न गत चैत ९ गते शुरु भएको केन्द्रीय समिति बैठक आइतवार नै समापन गर्ने कांग्रेसको तयारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्