२३ असार २०८३, मंगलबार

लुम्बिनीमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

बैशाख १७, २०७५
लुम्बिनीमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनी, १७ वैशाख-  प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति  र्‍यालीमा सहभागी हुनुभएको छ । 

लुम्बिनीबाट शुरु भएको शान्ति   र्‍यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो ।  र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी हुनुहुन्थ्यो । 

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गर्नुभएको थियो । 

आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्