
काठमाडौं, १७ वैशाख– नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ ।
३३ किलो सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकन्द्र श्रेष्ठलाई पठाइएको छ ।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालमा दानबहादुर कार्कीको सरुवा भएको छ । वलात्कारीलाई उम्काएको आरोपमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको ठाउँमा राजन अधिकारीलाई पठाइएको छ ।
सिरहामा सीआईबीका जीबन श्रेष्ठ, डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय धादिङ पुगेका छन् ।