११ साउन २०८३, सोमबार

६ महिनापछि स्वेदश फर्किए डा. उपेन्द्र देवकोटा

बैशाख १७, २०७५
६ महिनापछि स्वेदश फर्किए डा. उपेन्द्र देवकोटा

काठमाडौं, १७ वैशाख– वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बेलायतमा उपचार गराएर ६ महिनापछि स्वदेश फर्किएका छन् । पित्त थैलीमा समस्या देखिएपछि डा. देवकोटालाई थप उपचारका लागि बेलायत लगिएको थियो । 

डा. देवकोटा आइतवार श्रीमती डा. मधु देवकोटासँगै आइतवार स्वदेश फर्किएका हुन् । 

बेलायतको लन्डनस्थित किङ्स कलेज अस्पतालमा उपचार गराएका डा. देवकोटाको स्वास्थ्यमा सुधार भएको पारिवारिक स्रोतले जनाएको छ । 

सफल न्यूरो सर्जनका रुपमा अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएका डा. देवकोटाले आफ्नो अध्ययन पनि बेलायतमै पूरा गरेका थिए । 

डा. देवकोटा बिरामी भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै बरिष्ठ प्रसुती रोग विशेषज्ञ डा. भोला रिजालको अगुवाइमा पशुपतिमा दीप प्रज्वलन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्