२२ असार २०८३, सोमबार

ओलीसँगको वार्तापछि माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

बैशाख २०, २०७५
ओलीसँगको वार्तापछि माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं, २० वैशाख – नेकपा एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अगाडि बढ्दै गएको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट लगत्तै प्रचण्डले माधव नेपालसँग भेट गरेका हुन् । नेता नेपाललाई भेटन प्रचण्ड  विहिवार विहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । 

भेटमा पार्टी एकता, सांगठनिक समायोजन लगायतका विषयमा छलफल भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । 

पार्टी एकता पछिको महाधिवेशनपछि अध्यक्ष को बन्ने भन्ने बिषयमा सहमति जुटन सकेको छैन । प्रचण्ड र नेपाल भावी अध्यक्षका दावेदार हुन् । नेताद्वयबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले एकता सकारात्मक दिशामा अगाडि बढेको बताइन् । ‘एकता सम्मानजनक हुन्छ प्रतिशतको आधारमा हुँदैन’ प्रवक्ता भुसालले लोकान्तरसंग भनिन् ‘एकता घोषण सम्बन्धी निर्णय छिट्टै हुन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्