०३ असार २०८३, बुधबार

भारतमा हुन्छ अत्यधिक सवारी दुर्घटना, पछिल्लो दुर्घटनामा २७ को मृत्यु

बैशाख २०, २०७५
भारतमा हुन्छ  अत्यधिक सवारी दुर्घटना, पछिल्लो   दुर्घटनामा २७ को मृत्यु

नयाँदिल्ली, २० वैशाख - भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । 
चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् । 
मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो । 
बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । 

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुनेगरेको छ । सवारी दुर्घटनाकै कारण भारतमा हरेक बर्ष हजारौँ नागरिकको ज्यान जाने गरेको छ भने ठूलो सङ्ख्यामा घाइते हुनेगरेका छन् । 

राम्रो अवस्थामा नरहेका सडक र सवारी साधन तथा चालकको लापर्बाहीका कारण दुर्घटना धेरै हुनेगरेको जानकारहरू बताउछन् । 

salt training

कमेन्ट गर्नुहोस्