
काठमाडौं, २१ वैशाख– सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि विरोधमा यातायात व्यवसायीले आज सवारी साधन चलाएका छैनन् । सार्वजनिक यातायातका साधन नचल्दा यात्रु मारमा परेका छन् ।
गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । विभिन्न कामले निस्केकाहरु पैदल हिड्न बाध्य भएका छन् । परीक्षा केन्द्र टाढा परेका विद्यार्थीले यातायात नचल्दा आफुहरूलाई समस्या भएको गुनासो गरे ।
केहिले निजी सवारी साधनमा लिफ्ट मागेर काम चलाएका थिए । केन्द्रीय राजधानी काठमाडौंसहित प्रदेश राजधानीमा पनि सार्वजनिक यातायातका साधन चलेका छैनन् ।
तस्बिरमा हेर्नुहोस देशरभर भएमो यातायात बन्द र मारमा परेका यात्रु ।
















