११ साउन २०८३, सोमबार

१ वर्षसम्म जेल जान सक्छन् गाडी बन्द गर्ने यातायात व्यवसायी

बैशाख २१, २०७५
१ वर्षसम्म जेल जान सक्छन् गाडी बन्द गर्ने यातायात व्यवसायी
फाइल तस्बिर

काठमाडौं, २१ वैशाख– यसअघि गैरनाफामूलक संस्था (एनजीओ)को रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका यातायात समितिहरुको दर्ता नवीकरण नगर्ने सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीहरु अहिले आन्दोलनमा छन् । 

यात्रुलाई प्रत्यक्ष मार पर्ने गरी यातायात क्षेत्रमा जारी आलोपालो प्रथा (सिण्डिकेट) तोड्ने सवालमा मन्त्रिपरिषदले गरेको निर्णयको बिरोध गर्दै शुक्रवार देशभर सार्वजनिक यातायात सेवा ठप्प पारिएको छ । 

यातायात क्षेत्रमा एकाधिकार जमाउँदै आएका यातायात समितिले आफ्ना सवारी–साधन नचलाउँदा देशभर यात्रुको बिचल्ली भएको छ । 

सरकारले वैशाख ११ गते राजपत्रका सूचना प्रकाशित गरी यातायात क्षेत्रलाई अत्यावश्यक सेवा क्षेत्र घोषणा गरी हड्ताल निषेध गरेको छ ।  आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी यातायात क्षेत्रमा हड्ताल निषेध गरेको हो । 

सरकारले हड्ताल निषेध गर्दा–गर्दै पनि यातायात व्यवसायीहरुले भने शुक्रवार यातायात सेवामा हड्ताल गरेका छन् । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रमा बन्द गर्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन् । गृहमन्त्रीको निर्देशनलगत्तै धेरै ठाउँमा यातायात समितिकाका पदाधिकारीलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । 

यस्तो छ कानूनी व्यवस्था

आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार सरकारले तोकेको अतावश्यक सेवा क्षेत्रमा हड्ताल गर्नेलाई ६ महिनादेखि अवस्था हेरी १ वर्षसम्मको कैद सजाय र २ सयदेखि १००० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

ऐनको दफा ४ अनुसार निषेध गरिएको हड्तालमा भाग लिने व्यक्तिलाई ६ महिनासम्मको कैद र २०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै दफा ५ मा सिण्डिकेटलाई दुरुत्साहन (गलत रुपमा प्रोत्साहन) गर्ने व्यक्तिलाई १ वर्षसम्मको कैद र १००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

ऐनले हड्तालका लागि नगद सहायता दिने व्यक्ति तथा निकायलाई पनि कारबाही व्यवस्था गरेको छ । ऐनको दफा ६ मा भनिएको छ, ‘निषेध गरिएको हड्तालको निमित्त कुनै व्यक्तिले जानीजान कुनै नगदी सहायता दिएमा निजलाई १ वर्षसम्म कैद वा १००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

यो पनि पढ्नुहोस्,

सिन्डिकेट विरुद्ध सरकार आक्रामक बनेपछि यातायात व्यवसायीको भागाभाग, कैयौं पक्राउ

मयुर यातायातले सेवा विस्तार गर्‍यो, काभ्रेको जिरोकिलोसम्म पुग्ने

सिन्डिकेटधारी यातायात व्यवसायीमाथि सरकारको डन्डा : सम्पत्तिमाथि छानबिन, बैंक खाता रोक्का !

BREAKING: सिन्डिकेटधारी यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, यातायात समितिको सम्पत्ति छानबिनको दायरमा

सिन्डिकेटधारी व्यवसायीको नाटक : गाडी थुत्छौं भन्ने सरकार के गर्दैछ ?

बस नचलेपनि काठमाडौंको सडकमा जाम, दुई पाङ्ग्रेका पछाडि ‘प्यासेन्जर’

यातायात व्यवसायीको दादागिरी, भन्छन्- गाडी चलाउँदैनाैं, सरकार के गर्छ हेरौं’

कुन बस कुन रुटमा चल्दैछन् (देशभरका रुटसहित)

सिण्डिकेटधारीको दादागिरीविरुद्ध साझा, मयुर, अन्नपूर्ण र मेट्राे सडकमा

 

 

 

 

 

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्