०३ असार २०८३, बुधबार

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

बैशाख २१, २०७५
मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

सुरुङ्गा, झापा, २१ वैशाख - सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन् । 

उनीहरुलाई गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । पक्राउ परेका सातैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । 
यता बिहानैदेखि सार्वजनिक यातायात नचल्दा झापासहित पूर्वको जनजीवन प्रभावित छ । 

salt training

कमेन्ट गर्नुहोस्