
काठमाडौं, २१ वैशाख– स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रवार दिउँसाे ३ बजे काठमाडौंको कालिमाटीमा हिँडिरहेको अवस्थामा ४ जनालाई ठूलो परिमाणमा नेपाली र भारतीय रुपैयाँसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको पहाडपुर घर भइ काठमाडौं बस्ने ४० वर्षीय चञ्चल साह र उनकी श्रीमती मसली खत्री, भारतको खुरिया घर भइ काठमाडौंको कालिमाटी बस्ने ५५ वर्षीय अनिरुद्र गुप्ता र भारतको बेतिया घर भइ कालिमाटीमै बस्ने ४५ वर्षीय सुरेश प्रसाद साह छन् ।
उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख १८ हजार ८६० भारतीय रुपैयाँ र १ लाख १३ हजार ३ सय ५० नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।