
काठमाडौं २१ वैशाख– सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयविरुद्ध शुक्रवार देशभर यातायात सेवा बन्द गरेका यातायात व्यवसायीलाई सरकारले नियन्त्रणमा लिएको छ ।
शुक्रवार साँझसम्म गृहमन्त्रालयबाट प्राप्त जानकारी अनुसार देशभरबाट ७३ जना यातायात व्यवसायी पक्राउ परेका छन् ।
आफ्ना गाडी ग्यारेज र घरमा थन्काएर सेवा बन्द गरेका यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा देशभरका ७७ वटै जिल्लामा यातायात सेवा बन्द गर्नेविरुद्ध कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।
आवश्यक सेवा सञ्चालन ऐनअनुसार सरकारले वैशाख १ गते राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक यातायात क्षेत्रमा हड्ताल निषेध गरेको थियो ।
सरकारले यातायात क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत राखी हड्तालमा उत्रिएका यातायात समिति र व्यवसायीमाथि कडा रुपमा प्रस्तुत भएको छ ।
शुक्रवार सेवा बन्द गर्ने यातायात व्यवसायीको विवरण शंकलन गरी रुट परमिट निलम्बन गर्ने सरकारको तयारी छ ।
यस्तै यसअघि गैरनाफामूलक संस्थाका रुपमा दर्ता हुँदै आएका यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको सरकारले समितिको नाममा भएको चल–अचल सम्पत्तिको छानवीन गर्ने र बैंक खाता रोक्का गर्ने निर्णय समेत गरेको छ ।
हेर्नुहाेस्र यी हुन् देशभरबाट पक्राउ परेका यातायात व्यवसायीहरू,

