०८ साउन २०८३, शुक्रबार

मजदुर नेताको पत्रकार सम्मेनमा प्रहरी हस्तक्षेप, महासंघका अध्यक्षसहित १२ जना गिरफ्तार

बैशाख २५, २०७५
मजदुर नेताको पत्रकार सम्मेनमा प्रहरी हस्तक्षेप, महासंघका अध्यक्षसहित १२ जना गिरफ्तार

काठमाडौं, २५ वैशाख– नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको संवाद डबलीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको हो । पत्रकार सम्मेलन सकिनै लाग्दा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । 

महासंघका केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एल. बी. बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहादुर बुढा, विनोद सिरपाइली, शिव परियार र नितु शाहलाई प्रहरीले  गिरफ्तार गरेको छ । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी बृत्त सिंहदरबार राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्