३२ असार २०८३, बिहीबार

हावाहुरीले भत्काइदियो मोदीको स्वागतका लागि बनाइएका गेट, बाह्र बिघा जलमग्न

बैशाख २६, २०७५
हावाहुरीले भत्काइदियो मोदीको स्वागतका लागि बनाइएका गेट, बाह्र बिघा जलमग्न

जनकपुर, २६ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि २ नम्बर प्रदेशको राजधानी जनकपुरमा बनाइएका धेरैवटा गेट बुधबार सबेरै बिहान चलेको हावाहुरीले ढालिदिएको छ । 

मोदीको स्वागतमा बाँस ठड्याएर बनाइएका जनकपुर बजार क्षेत्रका गेट र पण्डालहरू गएरातिदेखि चलेको भीषण हावाहुरीका कारण क्षतिग्रस्त भएका हुन् ।

वर्षासँगै आएको हावाहुरीले मोदीको स्वागतका लागि आयोजक २ नम्बर प्रदेश सरकार बनाएका स्वागतद्वार ढालेपछि पुन: बनाइने भएको छ ।

मोदीको स्वागत र अभिनन्दन गर्न लागिएको रंगभूमि (बाह्र बिघा) मैदानमा पानी जमेको छ । हावाहुरीले स्वागतद्वार भत्काए पनि अभिनन्दनस्थलमा भने क्षति नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताएका छन् । 

हावा हुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याइएको समाग्री जोगाउने क्रममा केही मजदुर पनि समान्य घाइते भएका छन् । 

मोदीको स्वागतका लागि दुर्इ सातादेखि मजदुरलार्इ २४ घण्टा खटाएर रंगभूमि मैदान सरसफार्य, जनकपुर नगर रंगरोगन र स्वागतद्वार निर्माण तीब्र बनाइएको छ। 

भारतीय प्रधानमन्त्रीको जनकपुर आगमनको बेला तय गरिएका रुटका निर्माणाधीन सडकमा वर्षातको पानी जम्दा निर्माण पनि प्रभावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्