२३ जेठ २०८३, शनिबार

कर्नाटकको चुनाव प्रचार गर्न नेपाल आउँदै मोदी !

बैशाख २६, २०७५
कर्नाटकको चुनाव प्रचार गर्न नेपाल आउँदै मोदी !

काठमाडौं, २६ वैशाख – भारतको कर्नाटक राज्यमा शनिवार (१२ मे) मा हुने मतदानका बेलामा कर्नाटकका मतदाताहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका हिन्दू मन्दिरहरूमा दर्शन गरेको खबर प्रमुखताका साथ दिइनेछ । 

मोदी ११ मेमा नेपाल यात्रा गर्दैछन् । नेपालका गृहमन्त्री राम बहादुर थापाले मोदी धार्मिक र सांस्कृतिक यात्रामा नेपाल आएको बताएका छन् । 

भारतको निर्वाचन आयोगले देशको कुनै पनि भागमा राजनीतिक पार्टीहरूलाई मतदानभन्दा दुई दिनअघि चुनाव प्रचार बन्द गर्ने नियम बनाएको छ । 

तर भारतीय जनता पार्टीले निर्वाचन आयोगको यस प्रावधानलाई निष्प्रभावित गर्नका लागि अलग चुनाव प्रचार मोडल बनाएको छ । 

सन् २०१४ मा सम्पन्न चुनावदेखि नै अनेकौं चुनावमा यस्तो देखिएको छ ।

कर्नाटक विधानसभा चुनावलाई हेरेर ११ र १२ मेमा समाचारपत्रहरूमा चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ तर चुनाव प्रचार अर्को तरिकाले गर्ने उद्देश्यलाई असफल तुल्याउने प्रावधान निर्वाचन आयोगसँग छैन । 

मोदीले नेपाल भ्रमणका बेलामा हिन्दू मन्दिरहरूको दर्शन गरेकोलाई मिडियाले खबर मान्छ तर यसका पछाडि चुनाव प्रचारको उद्देश्य छ अनि यसलाई रोक्न निर्वाचन आयोग लाचार छ । 

मोदी हिन्दू पौराणिक ग्रन्थ रामायणका मर्यादा पुरुषोत्तम रामकी पत्नी सीताको जन्मस्थान जनकपुर जाने कार्यक्रम छ । 

नेपालका गृहमन्त्रीको बयानअनुसार, जनकपुरपछि मोदी मुक्तिनाथ र पशुपतिनाथ जानेछन् । 

कर्नाटकमा भारतीय जनता पार्टीमाथि हिन्दूत्वलाई लिएर आक्रामक प्रचार गरेको आरोप लागेको छ । 

उत्तर प्रदेश विधानसभाको अघिल्लो चुनावमा अन्तिम चरणको मतदानका बेलामा पनि मोदी गुजरातस्थित सोमनाथ मन्दिर दर्शन गर्न पुगेका थिए । 

प्रधानमन्त्री मोदीले भारतको कुनै पनि भागमा मतदानका बेलामा मन्दिरयात्राको रोचक अध्ययन गर्न सकिन्छ ।

मतदानकै बेलामा मन्दिर जाने कार्यक्रम चुनाव क्षेत्रको आवश्यकताका हिसाबमा तय गरिन्छ । कर्नाटकमा चुनाव प्रचारको केन्द्रमा साम्प्रदायिकता छ ।

बीबीसी हिन्दीमा प्रकाशित अनिल चमडियाको विश्लेषणको भावानुवाद
 

salt training

कमेन्ट गर्नुहोस्