
काठमाडौं, २६ वैशाख– ‘कंक्रिटको शहर’ काठमाडौंमा हरियाली र प्राकृतिक मनोरमको कल्पना गर्नु गलत हुने छ ।
तर वसन्त ऋतुको आगनमनसँगै सडक किनारामा रहेका शिरीषका बोट निलाम्मे देखिँदा काठमाडौंवासीले केही राहत पाएका छन् । 
काठमाडौंको घन्टाघर, रत्नपार्क, भृकुटिमण्डप, बबरमहल लगायतका मुख्य सडक खण्डमा शिरीषको फूल निकै मोहक देखिएको छ । वैज्ञानिक भाषामा ज्याकाराण्डा माइमोसिफोलिया भनिएपनि यसलाई नेपालीहरुले निलो शिरिषको फूलको रुपमा लिने गरेका छन् ।
हेरौं क्यामरामा कैद भएका केही तस्वीर























