०७ असार २०८३, आइतबार

एक यस्तो देश जहाँ न्यूनतम तलब नै छ २४ लाखभन्दा बढी !

बैशाख २६, २०७५
एक यस्तो देश जहाँ न्यूनतम तलब नै छ २४ लाखभन्दा बढी !

काठमाडौं, २६ वैशाख – जुनसुकै देशमा पनि कामदारहरूलाई थोरै तलबमा काम लगाइएको हुन्छ । तर संसारमा यस्ता देश पनि छन् जहाँ कामदारको हालत एकदम राम्रो छ र उनीहरूलाई तलब पनि गज्जबको दिइन्छ । 

युरोपमा रहेको लक्जम्बर्ग भन्ने देश कामदारलाई सुविधा दिनेमा पहिलो नम्बरमा छ । 

त्यहाँ कामदारलाई वार्षिक २४ लाख ३० हजार त न्यूनतम तलब नै हुन्छ । त्यहाँ एक घन्टा काम गरेको लगभग १२ सय रुपैयाँ पाइन्छ । एक हप्तामा ४० घन्टाभन्दा बढी काम गर्न पाइँदैन । 

अनि नेदरल्यान्ड्समा वार्षिक न्यूनतम तलब लगभग २४ लाख छ । त्यहाँ हप्ताको ४८ घन्टा काम गर्नुपर्छ ।

अस्ट्रेलियामा वार्षिक न्यूनतम तलब २३ लाख छ । त्यहाँ हप्ताको ३८ घन्टा काम गर्नुपर्छ ।

बेल्जियम, जर्मनी, फ्रान्स, न्युजील्यान्ड, आयरल्यान्ड, बेलायत र क्यानाडामा पनि कामदारलाई राम्रो तलब छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्