१६ असार २०८३, मंगलबार

ओली–प्रचण्ड भेटपछि साम्य भयो ‘ट्वीट प्रकरण’ ?

बैशाख २६, २०७५
ओली–प्रचण्ड भेटपछि साम्य भयो ‘ट्वीट प्रकरण’ ?
फाइल फोटो

काठमाडौं, २६ वैशाख–एमाले–माओवादी एकता प्रक्रियामा शिथिलता उत्पन्न भएको समयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ ।

ओलीले सोमबार गरेको एक ट्वीटलाई लिएर आशंका पैदा भइरहेका बेला प्रचण्डले ओलीसँग यसबारे जिज्ञासा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रचण्डले सो ट्वीट कतातर्फ लक्षित हो भन्ने जिज्ञासा राखेको स्रोतले जनायो ।

जवाफमा प्रधानमन्त्रीले आफ्नो आसय माओवादीप्रति लक्षित नभएको स्पष्ट पारेका थिए ।

ओलीले ट्वीटमा ‘समीकरण फेरबदलमा बानी परेका’ भन्ने शब्द लेखेपछि त्यसले माओवादी वृत्तमा तरंग पैदा भएको थियो । सो आशय प्रचण्डप्रति लक्षित भएको हुनसक्ने भन्दै टिप्पणी भएका थिए ।

मंगलवार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकीकरणको अन्तिम तयारी भइरहेको समयमा आएको ओलीको अभिव्यक्तिले गम्भीर बनाएको भन्दै त्यसबारे आफूले कुरा गर्ने बताएका थिए ।

‘भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सिर्जना गरेका भ्रममाथिको छलफल पश्चात वातावरण सहज बन्यो,’ ओलीसँगको भेटपछि प्रचण्डको सचिवालयले भन्यो ।

प्रचण्डले ओलीसंग सरकारले तयारी गर्दै गरेको बजेटको विषयमा समेत छलफल गरेका थिए ।

सचिव सरुवा र बजेट निर्माणमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै प्रचण्डले संसदीय दलमा असन्तुष्टि जनाएका थिए ।

बुधबारको भेटमा पार्टी एकता, बजेटसहित अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

यो पनि पढ्नुहोस् :

ओलीको ट्वीटले माओवादी सशंकित, संसदीय दलमा प्रचण्डले भने- 'चिज गम्भीर छ'

ट्वीटले निम्तियो तरंग, 'समीकरण फेरबदलमा बानी परेका' भन्ने ओलीको निसाना कता ?

salt training

कमेन्ट गर्नुहोस्