३० असार २०८३, मंगलबार

भिरबाट लडेर लालबहादुरकाे मृत्यु

बैशाख २६, २०७५
भिरबाट लडेर लालबहादुरकाे मृत्यु

रुकुम, २६ वैशाख– रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आज दिउँसो भिरबाट लडेर सोही नगरपालिका–३ का लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घोडामा जडिबुटी बोकाएर आउँदै गरेका उनी भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । बाटोभन्दा करिब चार सय मिटर तल खसेका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्