०५ असार २०८३, शुक्रबार

लाेकान्तर समाचार प्रभाव : १ नम्बरकाे प्रदेशसभाले पाउने भयाे जिससकाे भवन

बैशाख २६, २०७५
लाेकान्तर समाचार प्रभाव : १ नम्बरकाे प्रदेशसभाले पाउने भयाे जिससकाे भवन

विराटनगर,२६ बैशाख–  जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका  प्रमुख नरेश पोखरेलले विराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको  स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । 

जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रहेको भवन अहिलेसम्म समितिको स्वामित्वमा रहेको थियो । लामो समयदेखी जिल्ला विकास समिति संचालन हुदै आएकोमा त्यो खारेज भए पछि  स्थानीय तहको निर्वाचनसँगै सोही कार्यालयमा जिल्ला समन्वय समितिको कार्यालय संचालन हुँदै आएको थियो । 

१ नम्वर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै जिल्ला समन्व समिति मोरङको सभाहललाई प्रदेश सभाहलको रुपमा प्रयोगमा ल्याइएसँगै प्रमुख पोखरेलले कार्यालय सार्न असहमती जनाउँदै आएका थिए । जिल्ला समन्वय समिति सार्नको लागि बिभिन्न तहबाट पटक पटक पहल गर्दा पनि उनले अटेर गर्दै कार्यालय खाली गराएका थिएनन्  । 

यसअघि कार्यालय सार्न अटेर गरेको बिषयमा लोकान्तर डटकमले जिल्ला समन्वय समितिका प्रमुखद्धारा आफ्नै पार्टीको सरकारलाई असहयोग भनी समाचार प्रकाशित गरेको थियो । त्यसको केही दिन भित्रै  आज उनले पत्रकारसम्मेलन नै गरेर कार्यालय खाली गराएको जानकारी दिए । 

जिल्ला समन्वय समिति  जनतासँग प्रत्यक्ष जोडिने संस्था रहेकोले  संसद सचिवालय र जिल्ला समन्वय समिति सँगै राख्दा असुरक्षा बढेको भन्दै संसदमा कुरा उठ्दै आएको थियो । प्रदेश सभा सचिवालय र समन्वय समिति एकै ठाउँमा रहन नसक्ने भएकाले समन्वय समितिको २०७५ साल बैशाख २२ गतेको निणर्य अनुसार जिल्ला समन्वय समितिको मुख्य प्रशासनिक सम्पुर्ण भवन प्रदेश सभालाई दिएको प्रमुख पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्