०३ असार २०८३, बुधबार

ट्रम्पको गलत निर्णयका कारण नौजनाको मृत्यु

बैशाख २७, २०७५
ट्रम्पको गलत निर्णयका कारण नौजनाको मृत्यु

काठमाडौं, २७ वैशाख – अमेरिकाले इरानसँगको आणविक सम्झौता रद्द गरेपछि त्यसको नकारात्मक असर देखिन थालेको छ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आणविक सम्झौताबाट हटेको बताएको केही क्षणमै इजरायलले सिरियास्थित इरानको सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण ग–यो । आक्रमणमा नौ इरानी सैनिकको मृत्यु भयो । 

केही दिनअघि इजरायलले चेतावनी दिँदै सिरियाले आफ्नो भूमिबाट इजरायलमाथि आक्रमण गर्न दिएमा असदको सत्ता अन्त्य गर्ने बताएको थियो । संसारका महाशक्तिहरूका बीच युद्धमैदन बनेको सिरियामा इजरायल र इरानको संघर्ष हुँदा हालत थप बिग्रने स्थिति छ । 

इजरायलको नेतान्याहु सरकारले इजरायलको नियन्त्रणमा रहेको गोल हाइट्समा सिरियासँगको सीमामा सैन्य ठेगानामा आक्रमण गरिएको बतायो । बीस रकेट र क्षेप्यास्त्र प्रहार गरिएको थियो । 

सिरियाले आफूमाथि इजरायलले क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । 

यो आक्रमण इजरायलका राष्ट्रपति बेन्जामिन नेतान्याहुको रुस भ्रमणका बेलामा भएको हो । नेतान्याहुले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटमा इरानबाट आफ्नो सुरक्षा गर्ने पूर्ण अधिकार रहेको बताए । 

सिरियाको सरकारी मिडियाले दाबीअनुसार, दमास्कसको बाहिरी सीमामा भएको एक इजरायली आक्रमणमा मर्नेहरूको संख्या १५ पुगेको छ । यसमा असदसमर्थक गैरसिरियाली लडाकूसहित आठ इरानी नागरिक पनि छन् । 

सिरियाली सेनाले दमास्कसनजिकको एक जिल्लामा प्रहार गरिएको दुई इजरायली क्षेप्यास्त्रलाई खसाएको दाबी गरेको छ । सरकारी एजेन्सीका अनुसार, इजरायलका तर्फबाट किस्सवेह जिल्लामा प्रहार गरिएको क्षेप्यास्त्रलाई
विमानरोधक सुरक्षा प्रणालीले खसाएको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्