२० असार २०८३, शनिबार

पोल्यान्डमा तरल चकलेट बोकेको ट्रक पल्टिएपछि ट्राफिक जाम (भिडियो)

बैशाख २७, २०७५
पोल्यान्डमा तरल चकलेट बोकेको ट्रक पल्टिएपछि ट्राफिक जाम (भिडियो)

काठमाडौं, २७ वैशाख – पोल्यान्डको पश्चिमी भागमा बुधवार बिहान तरल चकलेट बोकेको एक ट्रक पल्टिँदा ट्राफिक जाम भएको छ । 

तरल चकलेट बोकेको उक्त ट्रक राजमार्गको एक ब्यारियरमा ठोक्किएको स्थानीय टीभी टीभीएन२४ ले जनायो । ट्रकचालकलाई भाँच्चिएको हातसहित अस्पताल पु–याइएको टीभीएन२४ ले जानकारी दियो । 

टनका टन तरल दूध चकलेट राजमार्गमा पोखिएको थियो । राजमार्गका दुवैतिर चकलेट चुहिएको थियो भने अन्य वाहन त्यो बाटोबाट गुड्दा एक माइलसम्म चकलेटको छाप परेको थियो । पछि अधिकारीहरूले राजमार्ग बन्द गरिदिएका थिए । 

तरल चकलेट चुहिएपछि सेलाएर ठोस बनेको थियो अनि च्यापच्यापे बनेको थियो । उद्धारकर्ताहरूले सडकमा तातोपानीको फोहरा फ्याँकेर सफा गर्नुपर्ने भएको छ । 

चकलेट चुहिएपछि ट्राफिक जाम भएको थियो । दुवै दिशातर्फ गाडीहरू रोकिएका थिए । चालकहरूलाई अन्य सडकतर्फ मोडिएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्