२४ जेठ २०८३, आइतबार

संसदको रोष्टमबाट बाबुरामले भने, ‘मोदीको स्वागतमा कञ्जुस्याइ नगरौं'’

बैशाख २७, २०७५
संसदको रोष्टमबाट बाबुरामले भने, ‘मोदीको स्वागतमा कञ्जुस्याइ नगरौं'’

काठमाडौं २७ वैशाख– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याइ गर्न नहुने बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बिहीवार सभामुखसँग विशेष समय लिएर भट्टराईले मोदीलाई सवागत गर्न र उनीसँग खुला रुपले कुरा राख्नु पर्ने बताएका हुन् । 

भट्टराईले आफूहरु सबै राष्ट्रवादी भएकोले दुबै छिमेकीसँग असल सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए । ‘स्वागतमा कन्जुसाइ नगरौ । अतिथि देवो भव भन्ने नेपाली सस्कार छ । जो आएपनि सत्कार गर्नुपर्छ’  भट्टराईले भने ‘राष्टिय हितलाई जोडेर हामीले उहाँसंग स्पष्ट कुरा गरौ ।’

भट्टराईले भूगोल इतिहासका कारण भारतसंग नेपालको विशेस सम्बन्ध  र धेरै समस्या पनि धेरै रहेको बताए । ‘विगतमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो । अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’ भट्टराईले भने, ‘अब हामी दुद्र्य देशबीचको पुल बन्ने अबसर राख्नु पर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्