
काठमाडौं, २७ बैशाख - सिनामंगलदेखि तीनकुने रुटमा बिहीवार मध्यान्हपछि सडकमा गाडी गुडेनन् । सवारी रोकिएपछि तिनकुने कोटेश्वर क्षेत्रको सवारी जाम भएको थियो । आकाशमा कालो बादम मडारिएर पानी झर्लाकी भनेजस्तो मौंंसमकाबीच मानिसहरुलाई भ्याइनभ्याइ थियो ।
सडक नै जाम गरेर हतार हतार उक्त सडक खण्डमा बाटो कालोपत्रे गर्ने कार्य भइरहेको थियो । कालोपत्रेमा खटिएका कर्मचारीहरु छिटो सक्न निर्देशन दिँदै थिए । मेलम्ची खानेपानीले खनेको बाटो यति हतारमा पीच गर्ने भाउँतो किन पर्यो अधिकाशले बुझे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल भ्रमणका लागि आउँदैछन् । उनले प्रयोग गर्ने रुटमा सडक चिल्लो पार्ने काम भइरहेको छ । यसअघि केही वर्षदेखि विग्रिएको चावहिल चुच्चेपाटीको सडक कालोपत्रे भएको थियाे । होटल हायतसम्मको वाटो पीच भएको हो ।



















