
रौतहट, २७ वैशाख-उच्च अदालत जनकपुरले जन्मकैदको फैसला सुनाएका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् ।
हिन्दू युवा महासंघका अध्यक्ष काशीनाथ तिवारी हत्याको अभियोगमा कुशवाहलाई उच्च अदालत जनकपुरले गत फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतले फैसला सुनाएको झण्डै २ महिनापछि उनलाई प्रहरीले पक्राउ गरेको हो । कुशवाहलाई बिहीबार राजधानीको शान्तिनगरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जनाएको छ ।
तत्कालीन हिन्दु युवा महासंघका अध्यक्ष तिवारीको २०६७ साल असार १२ गते वीरगञ्जमा गोली हानी हत्या भएको थियो ।