२२ असार २०८३, सोमबार

सुन तस्करीको अभियुक्तका पक्षमा ५० बढी वकिल, बिहीवारदेखि थुनछेक बहस शुरु

बैशाख २७, २०७५
सुन तस्करीको अभियुक्तका पक्षमा ५० बढी वकिल, बिहीवारदेखि थुनछेक बहस शुरु

विराटनगर, २७ वैशाख– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाे अभियाेगमा थुनामा रहेका ३० जना अभियुक्तको थुनछेक बहस आज (बिहीवार) देखि जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा शुरु भएको  छ ।

बिहीवारदेखि शुरु भएको बहसमा सरकार (वादी)को तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन्  । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता  गोपाल रिजाल, मोेरङ जिल्ला सरकारी वकिलका न्यायाधिवक्ता पुण्य पाठक र धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्य छन् । 

बाँकी ५ जना सरकारी वकिलले शुक्रवार बहस गरे पछि प्रतिवादीको तर्फबाट प्रतिरक्षाको लागि  वकिलहरुले बहस गर्ने जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।  नेपाल सरकारको तर्फबाट ८  र प्रतिवादीको तर्फबाट ५० बढी वकिलले बहस गर्ने जनाइएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्