१० साउन २०८३, आइतबार

मोदीको अभिनन्दमा रक्षामन्त्रीले भने, ‘अतितमुखी भएर होइन भविष्यमुखी भएर अघि बढ्न चाहान्छौ’

बैशाख २८, २०७५
मोदीको अभिनन्दमा रक्षामन्त्रीले भने, ‘अतितमुखी भएर होइन भविष्यमुखी भएर अघि बढ्न चाहान्छौ’

जनकपुर, २८ वैशाख–रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँग अतितमुखी भएर होइन भविष्यमुखी भएर अगाडि बढ्न चाहेको बताएका छन् ।

जनकपुरको बाह्रबिघामा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताए ।

‘नेपाली जनता र विशेषगरी जनकपुरबासीले मोदीलाई स्वागत गर्न पाउँदा खुसी छौँ’ पोखरेलले भने, ‘यसले जनस्तरको सम्बन्ध थप उचाइमा पुग्ने छ ।’

नेपाल भारत खुला सीमानाले जनस्तरको सम्बन्धलाई मजबुत बनाउने र एक अर्काका संवेदनशीलता प्रति सचेत रहेको बताए ।

‘हामी अतितमुखी भएर होइन भविष्यमुखी भएर अगाडि बढ्न चाहान्छौं,’ मन्त्री पोखरेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्