२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीको रुपमा नभई तिर्थयात्रीको रुपमा जनकपुर आएको हुँ–मोदी

बैशाख २८, २०७५
प्रधानमन्त्रीको रुपमा नभई तिर्थयात्रीको रुपमा जनकपुर आएको हुँ–मोदी

जनकपुर, २८ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जनकपुर भ्रमण प्रधानमन्त्रीको रुपमा नभइ यात्रीको रुपमा रहेको बताएका छन् । 

जनकपुरको बाह्रविघा मैदानमा गरिएको नागरिक अभिनन्द समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले रामजानकी मन्दिरको दर्शले आफ्नो मनोकामना पुरा भएको भन्दै आफू प्रधानन्त्रीको रुपमा नभइ यात्री अथवा दर्शनार्थीको रुपमा आएको बताए । 

उनले पहिलो पटक प्रधानमन्त्रीको रुपमा नेपाल आएको बेला संविधानसभामा चाढै नै जनकपुर आउने प्रतिवद्धता व्यक्त गरेको र ढिला गरिमात्र आएकोमा क्षमा मागे । 

भारत र नेपालको मित्रता आजको नभइ त्रेता युगाको भएको भन्दै मोदीले राज जनक र दशरथका माध्यमबाट यो डोरी बाँधिएको बताए । उनले भने‘यो बन्धन हो राम सीताको यहि बन्धन रामेश्वरमा बस्नेलाई तानेर पशुपतिमा तानेर ल्याउँछ । यही बन्धन लुम्बिनीमा बस्नेलाई बोधगयामा लैजान्छ । यही आस्थाले मलाई जनकपुर खिचेर ल्यायो ।’ 

महाभारतकालमा विराटनगरको रामयण कालमा जनकपुरमा तथा वुद्ध कालमा सिम्रनगढ र लुम्बिनीको विशेष सम्बन्ध रहेको भन्दै मोदीले नेपाल भारतको सम्बन्ध कुनै परिभाषाबाट व्यक्त गर्न नसकिने बताए । उनले भने‘नेपाल भारत समबन्ध कुनै परिभाषाबाट होइन त्यो भाषाबाट जोडिएको छ यो माया, आफ्नो पन, रोटी बेटीको रुपमा रहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्