०३ असार २०८३, बुधबार

जानकी मन्दिरको आगन्तुक पुस्तिकामा के लेखे मोदीले ?

बैशाख २८, २०७५
जानकी मन्दिरको आगन्तुक पुस्तिकामा के लेखे मोदीले ?


काठमाडौं, २८ वैशाख – नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा जनकपुर आएर स्मरणीय अनुभव बटुलेको लेखेका छन् ।

हिन्दीमा लेखिएको उनको सन्देशको अनुवाद यसप्रकार छ :

जनकपुरधामको यात्रा गर्ने मेरो पुरानो इच्छा आज पूरा भएको छ । भारत र नेपालका मानिसको मुटुमा विशेष महत्त्व राख्ने यो तीर्थस्थलको यात्रा मेरो लागि विशेष अनुभव हो ।

आज यहाँ मलाई दिइएको न्यानो स्वागतका लागि म नेपाल सरकार र जनकपुरवासीप्रति आभारी छु । जनकपुरवासी तथा समग्र नेपालीहरूको जीवनमा शान्ति, प्रगति र समृद्धिका लागि म भारतका मानिसहरूका तर्फबाट हार्दिक शुभकामना प्रकट गर्दछु । 

जय सियाराम ।

सन्देशको मुन्तिर मोदीले हस्ताक्षर गरेका छन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्