०३ असार २०८३, बुधबार

भाषणमा के भने मोदीले ?

बैशाख २८, २०७५
भाषणमा के भने मोदीले ?

जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

उनले आफू भारतीय प्रधानमन्त्रीको रुपमा नभइ दर्शनार्थीको रुपमा आएको बताए । 

प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध अहिलेको नभइ त्रेता युगदेखि भएको भन्दै नेपाल र भारत अकअर्काका परिपुरक भएको बताए । धार्मिक सांस्कृतिक रुपमा नेपाल र भारत जोडिएको भन्दै यो डोरी मित्रता, मायाको भएको बताए । मोदीले आफूलाई जनकपुर आँउदा अन्य ठाउँमा गएको जस्तो नलागेको आफ्नै ठाउँमा आएको बताए  । 

के भने मोदीले सम्बोधनमा ?

अगस्त २०१४ मा म  प्रधानमन्त्री हुँदा नेपाल आएको थिए, त्यतिबेला संविधान सभामा मैले जनकपुर आउछु भनेर भनेको थिए ।

आउन समय लाग्यो, म क्षमा चाहन्छु । आज यस्तो लाग्छ सीता मैयाले नै मलाई दर्शन दिन तय गरिन् । आज मेरो मनोकामनालाई पुरा गरेर मलाई धन्य गरिदिएकी छिन् । म प्रधानमन्त्रीको रूपमा होइन, तीर्थयात्रीको रुपमा जनकपुर आएको छु ।

नेपाल भारतबीचको सम्बन्ध आज देखिको सम्बन्ध होइन, त्रेता युगदेखि कै सम्बन्ध हो । त्यतिबेलै श्रीरामले नेपाल भारतको सम्बन्धको बन्धन बाँधिदिएका थिए । यही बन्धनले लुम्बिनीमा रहनेहरुलाई वोधगया लैजान्छ । ऋषिकेशबाट पशुपतिनाथ लैजान्छ । यही बन्धनले मलाई जनकपुर खिचेर ल्यायो । 

जानकी मन्दिर बिना, अयोध्या अधुरो हुन्छ । हाम्रो सुख पनि समान, चुनौती पनि समान, हाम्रो आशा र अभिलाषा समान, हाम्रो सपना समान, संकल्प समान, हाम्रो मन, मनसुवा र मन्जिल समान छ । नेपाल बिना भारतको आस्था अधुरो हुन्छ । नेपाल बिना नेपालको स्वाभिमान सगरमाथा भन्दा पनि उचो छ । 

प्यारा बन्धुहरु, 

मैले नेपालको माया अनुभव गरिरहेको छु, मिथिलाको आशिर्वाद अनुभव गरिरहेको छु । सबै आफ्नै जस्तो, सबै आफ्नोपन, यो सब आफ्नै त हो जस्तो लागिरहेको छ । नेपाल आध्यात्म र दर्शन को केन्द्र हो । भगवान बुद्धको जन्म भएको लुम्बिनी नेपालमा पर्छ । काठमाडौँदेखि कन्याकुमारीसम्म सीतामाताको गुनगान हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्