०८ असार २०८३, सोमबार

मोदीलाई द लाइ लामा लेखिएको पोस्टर दिल्लीमा टाँसियो

बैशाख २८, २०७५
मोदीलाई द लाइ लामा लेखिएको पोस्टर दिल्लीमा टाँसियो

काठमाडौं, २८ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कुराइरहेको र हात जोडेको अनि द लाइ लामा लेखिएको पोस्टरहरू दिल्लीका अनेकौं पर्खालहरूमा टाँसिएका छन् । प्रहरीले पछि ती तस्वीरहरू हटाएको छ । 

ती पोस्टरका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । 

मन्दिर मार्गको जे–ब्लक क्षेत्र, एन्डीएमसी क्षेत्र, पटेलनगर र शंकर रोड क्षेत्रमा बिहीवार टाँसिएका थिए । 

भाजपाका कैयौं नेता र सदस्यहरूले पोस्टरमा आपत्ति उठाएका थिए । 

बिहान साढे १० बजे प्रहरीले मन्दिर मार्गबाट ती पोस्टर हटाएको थियो । 

पोस्टरमा मुद्रक वा प्रेसको कुनै उल्लेख छैन । 

अज्ञात व्यक्तिहरूविरुद्ध पोस्टर टाँसेको उजुरी दर्ता गरिएको प्रहरीले बताएको छ ।

जीन्युजबाट
 

salt training

कमेन्ट गर्नुहोस्