२५ असार २०८३, बिहीबार

एनजीओले परिणाममुखी काम नगरे कारबाही गरिने

बैशाख २८, २०७५
एनजीओले परिणाममुखी काम नगरे कारबाही गरिने

विराटनगर, २८ वैशाख– प्रदेश नागरिक सम्मेलन तथा गैसस महासंघ प्रदेश नं १ को समितिको प्रथम अधिवेशन विराटनगरमा शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  सम्मेलन तथा अधिवेशनको उद्घाटन गर्दै  गैरसरकारी संस्थाले जनतालाइ प्रदेशको आर्थिक सम्वृद्धिमा क्रियाशिल बनाउन काम गर्नु पर्ने बताए ।

उनले प्रदेश सरकारले  जनतालाई रोजगारी, आर्थिक सम्वृद्धि  तथा स्वास्थ्य सेवा सहज प्राप्त गराउने गैरसरकारी संस्थाले सहयोगीको भूमिका निभाउनु पर्नेमा जोड दिए । मुख्य मन्त्री राईले सरकारले समयमा नै कानून निर्माण गरी विकासका पूर्वाधार तयार गरी जनतालाई सम्वृृद्धिको अनुभुति गराउने कार्यमा अघि बढेको अश्वासन दिए ।

प्रदेशमा कार्य गरिरहेका विभिन्न गैरसरकारी संस्थाको अनुगमन सरकारले गर्ने वताउँदै मुख्यमन्त्री रार्इले जनताको सम्वृद्धि, आयमूलक तालिम र शिक्षा लगायतका क्षेत्रमा गैससले कार्य गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब नागरिक अभियान कर्मीको लाईसेन्स अनिवार्य गर्नु पर्ने बताए  । उनले अहिले जथाभावी खुलेका गैह्र सरकारी संस्थालाई कानूनको दायरामा ल्याएर उनीहरुले दिने सेवा र प्रभावकारीताको बारेमा समेत सोधी खोजी अब प्रदेश सरकारले सयन्त्र बनाएर गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालयले गर्ने कामको बिषयमा सम्वद्ध निकायहरुसँग सहकार्य गरेर कानून निर्माणको कामलाई तीब्रता दिइरहेको जानकारी दिँदै मन्त्री घिमिरेले अब गैर सरकारी संस्थालाई कसरी सामाजिक रुपान्तरणको कामलाई परिवर्तनमुखी बनाउन सकिन्छ भन्नेमा सबै लाग्नुपर्नेमा जोड दिए ।   

दुई दिने सम्मेलानमा प्रदेश सदस्य केदार कार्की, गैसस महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतम, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष  विक्रम लुईटेल, नागरिक अभियन्ता विदुर सुवेदी र अनौपचारिक सेवा केन्द्र प्रदेश संयोजक सोमराज थापाले आर्थिक सम्वृद्ध नेपाल सुखी नेपाली  वनाउने  कार्यमा सवैको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रदेशको सम्वुद्धिका सम्भावना र प्राथमिकताहरु, दिगो विकास लक्ष्य सम्वन्धी सम्वाद, विपद व्यवस्थापनका अवस्था, चनौती र सम्वोधन, नागरिक संगठनहरुको मार्गचित्र, सवलीकरण, व्य`वस्थापन, प्रदेश तहमा कानूनी व्यवस्था, वालवालिका शान्ति क्षेत्र र विकासमा समावेशीकरणको अवस्था लगायत विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता हरि कटुवाल र उत्कृष्ट गैरसरकारी संस्था झापालाई सम्मानित गरिएको  छ। दुई दिने कार्यक्रममा १ नम्बर प्रदेशको १४ जिल्लाका ४२ संस्थाका ३ सय ५० जनाले नयाँ नेतृत्व र विराटनगर घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्