१२ असार २०८३, शुक्रबार

अरुण तेस्रोको शिलान्यासपछि ओली र मोदीले गरे अङ्कमाल

बैशाख २८, २०७५
अरुण तेस्रोको शिलान्यासपछि ओली र मोदीले गरे अङ्कमाल

काठमाडौं २८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेका छन् । 

काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा द्विपक्षीय भेटवार्ता र अरुण तेस्रो जलविद्युत् आयोजनाको रिमोटबाट शिलन्यास गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओली र मोदीले अंगालो हालेका हुन् । 

नेपाल र भारतका प्रधानमन्त्रीले ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको काठमाडौंमा स्विच थिचेर शिलान्यास गरेका हुन् । 

यसअघि ओलीको दिल्ली भ्रमणको समयमा शिलन्यास गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

नौ सय मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको हो । सतजलले आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन नेपाल नामक कम्पनी दर्ता गरेको छ । 

प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणका क्रममा सो आयोजनाको शिलान्याश गर्ने तयारी गरिए पनि प्राविधिक कारण देखाउँदै अन्तिम समयमा स्थगन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्