१२ असार २०८३, शुक्रबार

ज्योतिषबाट साइत जुराएर सन्तान जन्माउन जान्छन् महिला

बैशाख २९, २०७५
ज्योतिषबाट साइत जुराएर सन्तान जन्माउन  जान्छन् महिला

काठमाडौँ,२९ बैशाख  - ललितपुर, इमाडोलकी सन्जु कोइराला ज्योतिषले भनेकै समयमा बच्चा जन्माउनुपर्ने पारिवारिक दबाबका कारण शल्यक्रिया गरेर सुत्केरी भइन् । डाक्टरले दिएको मितिभन्दा १५ दिनअगावै उनले शिशु जन्माइन् । ‘शल्यक्रियाले मुटुमा समस्या देखियो, आमाबच्चा दुवै आईसीयूमा पुग्यौं, मैले सात दिनपछि मात्रै नानीलाई देख्न पाएँ,’ चार वर्ष अगाडिको त्यो क्षण सम्झिइन् उनले ।

शल्यक्रियाबाट भनेकै समयमा बच्चा त जन्माइन्, शारीरिक रूपमा भने पहिलेकै अवस्थामा फर्किन सकिनन् । खुट्टा झमझमाइरहने, धेरै काम गरेको दिन घाउ दुखेजस्तो हुने गर्छ उनलाई । अहिले उनी दोस्रो पटक सुत्केरी भएकी छन् । पहिलो पटक रहरले शल्यक्रिया गरेकी उनलाई यो पल्ट पनि पेट चिरेरै बच्चा पाउनु बाध्यता बन्यो, कान्तिपुरमा खबर छ ।

‘पछिल्लो समय शल्यक्रिया (सिजरियन सेक्सन) गरेर बच्चा जन्माउनेको जमात बाक्लिँदो छ,’ प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माले भनिन्, ‘सुत्केरी हुन आउने ७० प्रतिशत ज्योतिषबाट साइत जुराएर आउने गरेका छन् ।’ ब

salt training

कमेन्ट गर्नुहोस्