×

X
Nic Asia
Marvel

हिन्दु संस्कारमा सहगोत्रीसँग किन गर्नु हुँदैन विवाह ?

काठमाडाैं | भदौ ११, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । 

विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ । 

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ । 

मनुस्मृतिमा लेखिएअनुसार सत्पुरुष वा विद्वान् नभएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन । जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो । 

कुन गोत्रको सँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ : आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र । कोहीकोही चाहिँ मावलको हजुरआमाको गोत्रमा पनि विवाह गर्नु हुँदैन भन्छन् । 

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ । केही नयाँपन हुन्न तिनीहरूको । 

महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ । यस्ता दम्पतीको सन्तान गुणी र प्रभावशाली हुन्छन् ।

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

असोज १०, २०७९

गोरखाको कालिका मन्दिरमा रहेको दशैंघरमा सोमवार विधिपूर्वक जमरा राखिएको छ । बिहान १०ः२३ मिनेटको शुभसाइतमा दशैंघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । ...

असोज १०, २०७९

जनकपुरधाममा दसैँको विशेष रौनकता छाएको छ । जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरूलाई नयाँ बेहुली झैँ श्रृङ्गारिएका छन् । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रूपमा रहेको राजदेवी मन्दिरस...

असोज ९, २०७९

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने...

असोज १०, २०७९

काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमवारबाट विधिवत रूपमा शुरू भएको नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित...

असोज १०, २०७९

वैदिक सनातन धर्मावलम्बी नेपालीले घर–घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै दशैं शुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व दशैं शुरू ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x