०३ असार २०८३, बुधबार

मोदी भ्रमणप्रति माओवादीको ‘रिजर्भेसन’, ‘दुलान फर्काउने जस्तो हतारो किन ?’

बैशाख २९, २०७५
मोदी भ्रमणप्रति माओवादीको ‘रिजर्भेसन’, ‘दुलान फर्काउने जस्तो हतारो किन ?’

काठमाडौं, २९ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलन्यासप्रति माओवादी केन्द्र असन्तुष्ट देखिएको छ ।

प्रमुख सत्तासाझेदार माओवादी केन्द्र मोदीको भ्रमणमा ओलीको व्यवहार र सरकारको ‘अतिरिक्त स्वागत’प्रति असन्तुष्टि देखिएको हो । प्रधामनन्त्री भारतबाट फर्केको एक महिना नहुँदै भएको मोदीको भ्रमणप्रति माओवादी असन्तुष्ट छ ।

‘एक महिनाको बीचमा दुई देशका प्रधामनन्त्रीले एकअर्को मुलुक भ्रमण गर्ने प्रचलन छैन,’ माओवादीका एक शीर्ष नेताले शनिवार लोकान्तरसंग भने, ‘यो त विवाहपछिको दुलान फर्काउने हतारोजस्तो देखियो ।’ मोदीको धार्मिक भ्रमणलाई सरकारले अनावश्यक महत्त्व दिएको माओवादीको बुझाइ छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि सरकार र नेकपा एमाले भारततर्फ बढी लचक भएको पनि माओवादीको मूल्यांकन छ । ‘फाष्ट ट्र्याक बन्ने भएपछि रक्सौलदेखि काठमाडौंमा रेल जोडने हतारो किन प¥यो ?’ माओवादीका ती नेताले भने, ‘यो कतै नेपालमा चिनियाँ रेल रोक्ने चाल त होइन भन्ने आशंका छ ।’

प्रधानमन्त्रीको एकलौटी भयो

मोदीको भ्रमणमा मात्र नभई सरकार सञ्चालन र बजेट निर्माणमा समेत प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढेको माओवादीको विश्लेषण छ । ‘बजेट निर्माण भइरहेको छ, तर माओवादीका मन्त्रीहरूसँग कुनै परामर्श गरिएको छैन,’ माओवादी स्रोतले भन्यो ।

पछिल्लो केहीदिन यता लगातार बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट निर्माणबारे आफूहरूसँग कुनै परामर्श नगरेको बताएका थिए । संसदीय दलको बैठकमा सांसदले आवाज उठाएपछि प्रचण्डले ओलीसँग परामर्श गरेका थिए ।

‘अध्यक्षले प्रधानमन्त्रीसंग परामर्श गरेपछि आज (शनिवार) फेरि संसदीय दलको बैठक बस्दैछ, सरकारका काम कारबाहीबारे गम्भीर समीक्षा हुँदैछ,’ माओवादीका ती नेताले भने ।

वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका र सरकार बनाएका दुई दलले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरे पनि अहिलेसम्म सहमति हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्