
काठमाडौं, २९ वैशाख-काठमाडौं महानगरपालिकाको साँचो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले शनिबार राष्ट्रिय सभागृहमा आयोजित नागरिक अभिनन्दन समारोहमा काठमाडौं महानगर प्रधानमन्त्री मोदीका लागि सधैँ खुला रहने भन्दै साँचो हस्तान्तरण गरेका हुन् ।
यसअघि शुक्रबार जनकपुर उपमहानगरपालिकाको साँचोसमेत मोदीलाई हस्तान्तरण गरिएको थियो ।