
काठमाडौं, २९ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा आफूलाई शान्ति र आत्मियताको महसुस हुने बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालीले दिने माया र सत्कारका कारण आफूलाई नेपाल आउँदा शान्ति र आत्मियताको महशुस हुने बताएका हुन् ।
राजा जनकले शास्त्रलाई तोडेर स्नेहले जोडेको बताउँदै मोदीले त्यस्तो धर्तीमा स्नेह पाउनु गर्वको कुरा भएको बताए ।
काठमाडौं छिमेकी देश नेपालको राजधानी मात्र नभएको भन्दै मोदीले संस्कृतिको दिव्य महल भएको बताए । उनले भने,‘जब म काठमाडौंको बारेमा सोच्छु छिमेकी देशको राजधानी मात्र होइन काठमाडौं, हिमालको फेदी, लालिगुरासको देशमात्र होइन । आफैंमा पुरै दुनिया र विश्वको इतिहास जतिकै विशाल छ जति अग्लो हिमाल छ ।’ उनले भने,‘काठमाडौंजति गहन छ त्यति गतिमान छ ।’