२५ असार २०८३, बिहीबार

जनकपुरलाई भारतमा फर्काउनुपर्छ भन्ने भारतीय सांसदको भनाइ निन्दनीय–एमाले

बैशाख ३०, २०७५
जनकपुरलाई भारतमा फर्काउनुपर्छ भन्ने भारतीय सांसदको भनाइ निन्दनीय–एमाले

काठमाडौं, ३० वैशाख– नेकपा एमालेले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको टिप्पणी निन्दनीय भएको भन्दै भत्र्सना गरेको छ । 

एमालेको वैदेशिक मामिला विभागले शनिवार एक विज्ञप्ति जारी गर्दै भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गर्नु निन्दनीय भएको जनाएको छ । 

नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथि गरिएको उक्त प्रहारको भत्र्सना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिन्छ ।’ 

नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको एमालेले जनाएको छ । 

दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पु¥याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्