०३ असार २०८३, बुधबार

चीनले ग–यो स्वदेशमै बनेको पहिलो एयरक्राफ्ट क्यारियरको परीक्षण

बैशाख ३०, २०७५
चीनले ग–यो स्वदेशमै बनेको पहिलो एयरक्राफ्ट क्यारियरको परीक्षण

काठमाडौं, ३० वैशाख – चीनले आइतवार स्वदेशमै बनेको पहिलो एयरक्राफ्ट क्यारियरको समुद्री परीक्षण शुरु गरेको छ । चीनले अघिल्लो वर्षको अप्रिलमा यो जहाज बनाउन थालेको थियो ।

यसको सिस्टमलाई अप्डेट गर्न तथा हतियारको फिटिङ गर्न बाँकी रहेकाले सेवा शुरु भएको छैन । यसलाई कुनै नाम पनि दिइएको छैन । यो एयरक्राफ्ट जलसेनाले लिएपछि चीनको समुद्री शक्तिमा वृद्धि हुने मानिएको छ । 

चिनियाँ समाचार संस्था सिन्ह्वाले आइतवार बयान जारी गरेर भन्यो, ‘देशको दोस्रो एयरक्राफ्ट क्यारियर दालियान शिपयार्ड डकबाट पहिलो समुद्री परीक्षणमा निस्केको छ । यो परीक्षणबाट जहाजको विश्वसनीयता र स्थिरताका बारेमा थाहा लाग्छ ।’

चीनसँग अर्को एयरक्राफ्ट क्यारियर लायोनिङ पनि छ । रुसमा बनेको यो क्यारियर चीनले सन् २०१२ मा प्राप्त गरेको सथयो । यसलाई ट्रेनिङ र रिसर्चका लागि बनाइएको जहाज मानिन्छ । 

चिनियाँ जलसेनाले लायोनिङ सेवा पाएपछि चीनले सन् २०१३ मा नै स्वदेशी एयरक्राफ्ट क्यारियर बनाउन शुरु गरेको थियो । यसलाई कोड नेम ००१ए बाट चिनिन्छ । नयाँ एयरक्राफ्ट क्यारियर सन् २०२० बाट काम गर्न थाल्ने बताइएको छ । 

चीनको एयरक्राफ्ट क्यारियर प्रोग्रामका बारेमा अहिलेसम्म कम जानकारी सार्वजनिक भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ आफैंले परियोजनाको निरीक्षण गरिरहेका छन् । चिनियाँ सेनालाई अत्याधुनिक बनाउने उनको धोको छ ।

यस परियोजनाअन्तर्गत अत्याधुनिक लडाकू विमान र एन्टीस्याटेलाइट मिसाइल पनि बनाइँदैछ । चीनले लामो समयदेखि दक्षिण चीन सागरमा प्रभुत्व जमाउन यस्ता हतियार बनाइरहेको छ । 

रक्षा विशेषज्ञहरूका अनुसार, यो एयरक्राफ्ट क्यारियरले चीनको शक्ति कैयौं गुणा बढ्छ । तर चीनको यो प्रविधि अमेरिकी जलसेनाको तुलनामा कमसल रहेको पनि बताइएको छ । 

अमेरिकासँग अहिले ११ वटा आणविक क्षमतायुक्त एयरक्राफ्ट क्यारियर छ । यो प्रविधिको हिसाबमा उन्नत छ । चीनको एयरक्राफ्ट क्यारियर पारम्परिक फ्युल इन्जिनमा निर्भर छ ।

तर केही विशेषज्ञहरूका अनुसार, ५० हजार टनको यो एयरक्राफ्ट क्यारियरलाई निकै ठूलो बनाइएको छ । यसमा एकचोटिमा धेरैभन्दा धेरै प्लेन अट्न सक्छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्