०८ असार २०८३, सोमबार

मेयरमाथि आक्रमण गर्नेहरु फेला परेनन्, माओवादी कार्यकर्ताको खोजी हुँदै

बैशाख ३०, २०७५
मेयरमाथि आक्रमण गर्नेहरु फेला परेनन्, माओवादी कार्यकर्ताको खोजी हुँदै

भक्तपुर, ३० वैशाख– नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरेको छ । 

यही वैशाख ८ गते गठ्ठाघरस्थित आफ्नै निवासमा अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते भएका एमाले भक्तपुर जिल्ला सचिवालय सदस्य एवं नगरप्रमुख श्रेष्ठलाई आक्रमण भएको आज २३ दिन बितिसक्दा पनि मुख्य आक्रमणकारी पक्राऊ परेको छैनन् । 

आज एमाले जिल्ला कमिटी भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वउद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्रीदेखि प्रदेशको मुख्यमन्त्री समेतले प्रहरी र प्रशासनसँग आक्रमणकारीलाई पक्राउ गर्न दबाब दिँदा पनि अझै पक्राउ गर्न नसकेकामा आक्रोश व्यक्त गरे । 

सो अवसरमा एमाले जिल्ला कमिटीका कावा अध्यक्ष बचन देउजाले एमाले र नेकपा (माओवादी केन्द्र)को एकता भाड्न षडयन्त्र गर्नेहरुको आक्रमणमा संलग्न हुन सक्ने भन्दै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरे । 

यसैबीच, प्रहरीले यही वैशाख १२ गते घटनामा संलग्न रहेको भन्दै पाँच जनालाई पक्राउ गरेको र घटनामा प्रयोग भएको एक मोटरसाईकल ललितपुरको लेलेबाट नियन्त्रणमा जनाएको छ । घटनामा संलग्न रहेको भन्दै नेकपा (माओवादी) का कुशल बोगटीलगायत मुख्य अन्य दुई जनाको खोजी भइरहेको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्