३१ जेठ २०८३, आइतबार

पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र

बैशाख ३१, २०७५
पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र

काठमाडौँ, ३१ बैशाख-नेपालमा पेट्रोलियम पदार्थ आयातका लागि निर्माण हुन लागेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न सकिने देखिएको छ । 
प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन भएपछि डिजेलमात्र ढुवानी गर्न लागिएको हो । यसअघि डिजेल,पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्ने भनिएपनि प्राविधिक रूपमा समस्या देखिएकाले डिजेलमात्र ल्याउन सकिने नेपाल आयल निगमले बताएको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पाइपलाइनबाट सबै पेट्रोलियम पदार्थ ढुवानी गर्न प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउने तयारी गरिएको बताए, कारोबार दैनिकमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्